arrow

भारतका ६ खेलाडी समेटेर बन्यो टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
t20-wc-2024-winner-india.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । आईसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेता देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।

त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् ।

त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरिक नोकिया रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ