arrow

सङ्घीय गणतन्त्र स्थापनामा स्व कोइरालाको भूमिका महत्वपूर्ण : निधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
bimalendra-nidhi242424.JPG
फाइल तस्बिर

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकमा सङ्घीय गणतन्त्र स्थापना हुनुमा पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

स्व कोइरालाको एक सय औँ जन्मजयन्तीका अवसरमा विराटनगरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सङ्घीयता स्थापना गर्नमा कोइरालाको ठूलो योगदान रहेको बताएका हुन् ।

नेता निधिले भने, “स्व कोइरालाले लोकतन्त्र स्थापनामा गर्नुभएको योगदानलाई नेपाली जनताले कहिले बिर्सन सक्दैनन् ।” 

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सत्ताका लागि नभई मुलुक र जनताको हितका लागि भएको विचार राखे । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एंव कोशी प्रदेशसभा सदस्यद्वय अमृत अर्याल र भिम पराजुलीले राजनीतिक स्थायित्व एवं जनताको जीवनस्तर उकास्न दलहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस मोरङका सभापति एवं सङ्घीय सांसद डिगबहादुर लिम्बू र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले स्व कोइरालाको योगदानको चर्चा गरे । 

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हसन अन्सारी, कविता सरदार तथा नेपाल ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाले खेल्नुभएको भूमिकाको प्रशंसा गरे ।

नेपाली कांग्रेस मोरङका उपसभापति एंव विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कांग्रेस मोरङका पदाधिकारी तथा कार्यकर्ताले स्व कोइरालाले सङ्घीयता र विकासका लागि गरेको योगदानको स्मरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ