arrow

कल्भर्ट भत्किँदा च्यापिएर रन बुढाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
Jumla_District.png
फाइल तस्बिर

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

तीनजना घाइते भएका छन् । पातारासी-१ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

पातारासी-१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएको सूचना अधिकारी चन्दले बताए ।

घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ