arrow

झापामा महिलाको हत्या, श्रीमान् फरार

logo
युवराज रेग्मी
प्रकाशित २०८१ असार २२ शनिबार
jhapa-hatya-yubraj.jpg

झापा । झापामा एक महिलाको हत्या भएको छ । झापा गाउँपालिका वडा नं ३ कामाटोल निवासी अन्दाजी २७ वर्षीया अनिषाकुमारी गणेशको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार अनिषाको टाउमा फलामे हम्मर प्रहार गरी हत्या गरिएको हो । हत्या उनकै श्रीमान् सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन् ।

शुक्रबार दिउँसो दिउँसो करिब ४ बजे विद्यालयबाट घर फर्किएका दुई छोरीले आमा कोठामा रगताम्मे अवस्थामा खाटमा लडेको देखेका थिए । त्यसपछि उनीहरुले तत्कालै छिमेकीलाई खबर गरेका थिए । 

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शुक्रबार दिउँसो करिब १२ः३० बजे भएको हुनसक्ने प्रहरी र स्थानीयको अनुमान छ । 

सो समयमा सतिशलाई स्थानीयले घर आसपास देखेको बताएका छन् । सतिशले पहिलादेखि नै श्रीमतीलाई कुटपिट गर्दै आएका थिए । सतिश र अनिषाबीच लामो समयदेखि सम्बन्ध राम्रो नभएको छिमेकीले बताएका छन् । अनिषा श्रीमान् सतिशलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन् । 

उनीहरू सम्बन्धबिच्छेद गर्ने अवस्थामा पुगिसकेको र सो विषयमा पटक-पटक छिमेकमा छलफलसमेत भइसकेको स्थानीयको भनाइ छ । घटनापश्चात् सतिश फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ