arrow

विश्वकप विजेता भारतको जिम्बाब्वेसँग लज्जास्पद हार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
t20-ind-zim-24-7-6.jpg

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट विजेता भारतले विश्वकप पछिको पहिलो खेलमा लज्जास्पद प्रदर्शन गरेको छ । 

भारत विश्वकपमा छनोट हुन नसकेको टिम जिम्बाब्वेसँग पराजित भएको हो । भारतले जिम्बाब्वेको हरारेमा भएको खेलमा १३ रनको हार बेहोर्यो । 

शनिबार भएको खेलमा पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ९ विकेटको क्षतिमा ११५ रन बनायो । क्लिभे मडान्डेले २५ बलमा सर्वाधिक २९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा रवि बिस्नोईले १३ रन खर्चेर ४ तथा वासिंगटन सुन्दरले २ विकेट लिए । 

जवाफमा भारत १९.५ ओभरमा १०२ रन बनाएर अलआउट भयो । कप्तान शुबमन गिलले २९ बलमा ३१ रन बनाए । 

अलराउन्ड प्रदर्शन गर्ने क्रममा सुन्दरले ३४ बलमा २७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । कप्तान सिकन्दर रजा र टेन्डाइ चतराले समान ३–३ विकेट लिए । 

कमजोर खेलेको भारतले २२ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । विश्वकप जितेको भारतीय टिमले शुक्रबार भारतमा भब्य स्वागत पाइरहँदा शुबमन गिलको कप्तानीमा टिम जिम्बाब्वे गएको हो । 

पाँच खेलको श्रृंखलामा भारत १–० ले पछि परेको छ । दोस्रो खेल आइतबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ