arrow

जिम्बाब्वे विरुद्धको दोस्रो खेलमा भारत विजयी, अभिषेकले बनाए शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
t20-india-24-7-7.jpg

काठमाडौँ । भारतले जिम्बाब्वे विरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो ।

भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो ।

जिम्बाब्वेका लागि वेस्ली माधेभेरेले सर्वाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मुकेश कुमार र आभेश खानले ३–३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी–२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए । 

उनले ४७ बलमा १०० रन बनाएका थिए । त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको श्रृंखलामा १.१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल जिम्बाब्वेले १३ रनले जितेको थियो । अब श्रृंखलाको तेस्रो खेल बुधबार हुनेछ ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ