-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
विराटनगर । सप्तकोशीमा पानीको बहाव घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाव २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ ।
सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्युसेकसम्म पानीको बहाव पुगेको थियो ।
सप्तकोशीका यसअघि सबै ५६ ढोका खोलिएकोमा पानीको बहाव घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ ।
सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।