arrow

देश र जनताको लागि काम गर्न ओलीलाई प्रदीप पौडेलको आग्रह

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउन सक्ने स्थिति छैन- प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
pradeep-poudel-03-11.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउन सक्ने स्थिति नरहेको बताएका छन् । 

उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्ने गरी काम गर्न आग्रह गरे । उनले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्द्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे ।

उनले भने, ‘केपी ओलीज्यूलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूचि बनाउन सक्ने स्थिति छैन । उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । परिस्थितिले उहाँलाई फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गरे भनेर भन्ने सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ