arrow

जिम्बाब्वेविरुद्ध भारतको लगातार दोस्रो जित, श्रृंखलामा अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
t20-ind-zim-24-7-10.jpg

काठमाडौँ । शुबमन गिलले नेतृत्व गरेको भारतले जिम्बाब्वेविरुद्धको टी–२० क्रिकेट श्रृंखलामा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा भारतले तेस्रो खेल २३ रनले जितेको हो । 

भारतले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनमात्र बनाएको थियो । जिम्बाब्वेका लागि डिओन मेयर्सले सर्वाधिक ६५ रन बनाएका थिए भने क्लिभ माडान्डेले ३७ रन बनाएका थिए । 

त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्वाधिक ३ विकेट लिए भने अभेश खानले २ तथा खलिल अहमदले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । कप्तान गिलले सर्वाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए । त्यस्तै जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २–२ विकेट लिएका थिए ।

यो जितसँगै भारत ५ खेलको श्रृंखलामा २–१ ले अगाडि भएको छ । यसअघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाब्वे विजयी भएको थियो । 

अब श्रृंखलाको चौथो खेल शनिबार हुने तालिका रहेको छ ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ