arrow

विश्वकप जिताएका द्रविडले बोर्डबाट अतिरिक्त बोनस नलिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
rahul-dravid-india-cricket.jpg

काठमाडौँ । भारतका निवर्तमान मुख्य प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट अतिरिक्त बोनस लिन अस्वीकार गरेका छन् ।

द्रविडले बाँकी कोचिङ स्टाफको जस्तै पुरस्कार रकममात्र लिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । द्रविडले अब अन्य आफ्नो कोचिंग स्टाफकै सरह साढे २ करोड भारु पुरस्कार पाउने भएका छन् ।

बीसीसीआईले टी–२० विश्वकप च्याम्पियन टोलीलाई १२५ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको थियो । उक्त पुरस्कार रकम खेलाडी र प्रशिक्षकका ४२ सदस्यलाई वितरण गरिएको हो ।

१२५ करोड रुपैयाँमध्ये टोलीका सबै १५ सदस्य र प्रशिक्षक राहुल द्रविडले ५–५ करोड रुपैयाँ पाउने बताइएको थियो । त्यस्तै कोचिङ स्टाफका बाँकी सदस्यले २.५ करोड रुपैयाँ पाउने भएका छन् । 

अब द्रविडले पनि अन्य कोचिंग स्टाप सरहनै साढे २ करोड लिने भएका छन् । टि(२० विश्वकपमा द्रविडसँगै सपोर्ट स्टाफमा विक्रम राठौर, पारस महाम्ब्रे र टी दिलीप पनि थिए । 

मिडिया रिपोर्टका अनुसार १५ खेलाडीले ५–५ करोड पाउने छन् भने द्रविडसहित कोचिंग स्टाफले २.५ करोड जनही पाउने छन् । त्यस्तै फिजियोथेरापिष्ट सहित ९ जनाको टिमले जनही २–२ करोड, ट्राभलिङ रिजर्भको रुपमा गएका चार खेलाडीले एक एक करोड तथा छनोट समितका ५ जनाले एक एक करोड पाउने भएका छन् ।

राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो, जब टीम इण्डिया टी–२० विश्वकपको समूह चरणबाट बाहिर थियो। 

टोलीले फेरि २०२२ को टी–२० विश्वकपमा सेमिफाइनल खेलेको थियो। सन् २०२३ मा भएको एक दिवसीय विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो, तर टीम इन्डिया फाइनलमा पुगेपछि उनको कार्यकाल टी–२० विश्वकपसम्म बढाइएको थियो ।

त्यसपछि द्रविडले भारतलाई टी(२० मा विश्व च्याम्पियन बनाए । जुन २९ मा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ