arrow

प्राधिकरणले काट्यो महशुल विवाद रहेका थप दुई उद्योगको लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
Nepal-Electricity-Authority-Building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विवाद रहेका दुई उद्योगको लाइन काटेको छ । बुधबार साँझ भैरहवाको जगदम्बा सिन्थेटिक्स र सिमराको हुलास स्टिलको लाइन काटिदिएको हो । 

प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । मंगलबार प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन लाइन काटिदिएको थियो । यी दुईसहित अब आपूर्ति बन्द भएका उद्योगको संख्या ५ पुगेको छ । 

अहिले टंक तथा डेडिकेटेड लाइनको विद्युत् महशुल विवादमा ६१ वटा कम्पनी छन् । झण्डै २२ अर्ब बक्यौता रहेको प्राधिकरणको दाबीबीच पछिल्लो समय २०७३ फागुनदेखि २०७५ वैशाखसम्मको झण्डै साढे ६ अर्ब रुपैयाँ १५ दिनभित्र तिर्न प्राधिकरणले भनेको थियो । 

उक्त समय दिएको प्राधिकरणले उक्त समयभित्र बक्यौता भुक्तानी नभएपछि लाइन काटिदिएको हो । उद्योगीले भने टीओडी मिटर देखाए मात्रै आफूहरु भुक्तानी गर्न तयार रहेको बताउँदै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ