गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
546
Shares
फाइल तस्बिर
पोखरा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको नाइन एन-एओसी जहाज बिहीबार राति ९ः४१ बजे ल्याण्ड गर्नेक्रममा चिप्लिएर धावनमार्ग भन्दा बाहिर पुगेको विमानस्थल स्राेतले जनाएको छ ।
जहाजमा रहेका सबै यात्रु सकुशल रहेको र धावनमार्ग भन्दा बाहिर गएको जहाजलाई धावनमार्गमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।