arrow

२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु, टिकट काटेर मात्रै यात्रा गर्न सरकारको आग्रह [भिडियो]

त्रिशूलीले बगाएको बसमा रहेकाहरूको खोजी जारी, यकिन तथ्याङ्क नभएको गृहको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
home-digastar.jpg

काठमाडौँ । विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरूसँग छलफल भएको हो । 

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रवार दिउँसोसम्म बाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । 

साथै काठमाडौँबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्रि बस पहिरोले बगाएको सो बसमा रहेकाहरूको बारेमा खोजी जारी रहेको बताए । उनले बसमा कति सवारी थिए भन्ने यकिन तथ्याङ्क नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए । उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थानीय सरकारले पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे ।

उनले भने, ‘हिजोदेखि आजसम्म पहिरोबाट कास्कीमा ११ जना, म्याग्दी २ जना, चितवनमा १ जना गरी कुल १५ जनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । काठमाडौँबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुई वटा रात्रि बस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भएको छ । ज्यादै दुःखद् घटना भएको छ । यो पूर्व तयारी गर्दागर्दै यति ठूलो भयो । गाडी खस्यो तर कति यात्रु भन्ने कन्फ्युजन भयो । प्रदेश सरकारसँग समन्वय भएर काम गरिरहेका छौँ । जहाँ पूर्व सूचनाको प्रयोग गर्नुपर्ने हो त्यो हामीले अनिवार्य लागू गर्नुपर्छ । टिकट नलिइकन यात्रा गर्न दिनुभएन, यात्रुले पनि गर्नुभएन । ठाउँ ठाउँमा सुरक्षाकर्मीले चेक गर्नुपर्छ ।’

उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । उनले सुरक्षा बलले पनि बसहरूको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ