arrow

झापा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
jhapa.png.png

झापा । झापालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरेको हो । 

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्नेगरी अभियान अगाडि बढेको बताए । 

यही असार ३० गते प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गर्न लागिएको जानकारी दिँदै उनले यस कार्यमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाले गरिरहनुभएको योगदानको उच्च प्रशंसा गरे । 

जिल्ला समन्वय समिति झापाका प्रमुख एवं खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालले पूर्णखोप सुनिश्चितता कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने बताए । 

स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जिल्लाका १५ वटै स्थानीय तहबाट प्राप्त तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए । 

उनले राष्ट्रिय खोप तालिकानुसार झापा जिल्लाभरिका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि यस्तो घोषणा गरिएको जानकारी दिए । बाराकोटीका अनुसार यहाँ रहेका दुई सय ८७ खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

यसैगरी स्वास्थ्य कार्यालय झापाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुन लागेका २६ महिला स्वास्थ्य स्वंयसेविकालाई नगद रु २० हजारसहित सम्मान गरेको छ । यस्तै सबै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वस्थ्यकर्मीबाट एक-एक जनालाई सम्मान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ