arrow

जिम्बाब्वेविरुद्ध भारतको लगातार तेस्रो जित, एक खेलअघि नै श्रृंखला कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
gil-jaiswal-24-7-113.jpg

काठमाडौँ । भारतले जिम्बाब्वे विरुद्धको टी–२० लगातार तेस्रो जित हासिल गरेको छ । श्रृंखलाको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो ।

जिम्बाब्वेको हरारेमा शनिबार जिम्बाब्वेले दिएको १५३ रनको लक्ष्य पछ्याएको भारतले कुनै विकेट नगुमाई १५.२ ओभरमा लक्ष्य पूरा गरेको थियो । भारतका लागि यशस्वि जैसवालले अविजित ९३ रन बनाएका थिए भने शुभमन गिलले अविजित ५८ रन बनाएका थिए ।

यसअघि जिम्बाब्वेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । यो जितपछि भारतले ५ खेलको श्रृंखला ३–१ ले जितेको छ । 

श्रृंखलाको पहिलो खेल जिम्बाब्वेले जितेको थियो भने त्यसपछि लगातार तीन खेल भारतले जितेको छ । अब श्रृंखलाको अन्तिम खेल आइतबार हुनेछ । 
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ