arrow

पाकिस्तानलाई हराएर भारत बन्यो च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
yubraj-singh-irfan-pathan-2.jpg

काठमाडौँ । पाकिस्तानलाई हराएर भारत वल्ड च्याम्पियन्स लिजेन्ड्सको उपाधि जित्न सफल भएको छ । 

शनिबार राति इङ्गल्याण्डको बर्मिङघममा भएको लिजेन्टस् वल्डकप फाइनलमा भारत ५ विकेटले विजयी भयो । 

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो । 

सोइब मलिकले ३६ बलमा ४१ , कमरान अकमलले १९ बलमा २४, सोहेब मसुदले १२ बलमा २१ तथा सोहेल तन्भिरले ९ बलमा अविजित रहँदै १९ रन जोडे । शाहिद अफ्रिदीले भने ४ बलमा ४ रन बनाए । 
भारतका लागि अनुरित सिंहले ३ तथा इर्फान पठान, पवन नेगी र विजय कुमारले १–१ विकेट लिए ।

जवाफमा भारतले १९.१ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । अम्बाटि रायुडूले ३० बलमा ५०, गुर्किरत सिंह मनले ३३ बलमा ३४, युसुफ पठानले १६ बलमा ३० तथा कप्तान युवराज सिंहले २२ बलमा अविजित रहँदै १५ रन बनाए । 

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ८६ रनले हराएको थियो भने पाकिस्तानले वेष्ट इन्डिजलाई २० रनले हराएको थियो । 

समूह चरणको खेलमा पाकिस्तानले भारतलाई ६८ रनले हराएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ