arrow

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
bishnu-poudel-03-31.jpg

काठमाडौँ ।  नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताए । उनले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताए । उनले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गरे। उनले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बिचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने बताए । 

उनले भने,‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुने बित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ । अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुचि हुँदैन । विभिन्न राजनीतिक दलमा आबद्ध हो मिलेर काम गर्न सकिँदैन भनेर कर्मचारीहरूको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरू हुने गरेका छन् । ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।’

उनले अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुचि नभएको बताए । अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उनले आफ्नो कार्यकाल सर्वसाधारण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताए । उनले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रूपमा अर्थ्याएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ