arrow

आईसीसीको डेभलपमेन्ट अवार्ड नेपालसहित छ देशलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
ICC-and-CAN.jpeg.jpeg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालसहित ६ देशलाई आईसीसी डेभलपमेन्ट अवार्ड २०२३ प्रदान गरेको छ । आईसीसीका एसोसिएट देशमध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनोट गरिएको आईसीसीले जनाएको छ । 

ग्लोबल आईसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्ड्स, यूएई र स्कटल्याण्ड रहेका छन् । 

जसमा मेक्सिकोले आईसीसी डेभलपमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसिएटिभ अफ द इयर अवार्ड जितेको छ । 

त्यस्तै नेदरल्याण्ड्सले आईसीसी एसोसिएटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने यूएईले आईसीसी एसोसिएटस मेम्बर वोमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ । 

त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसिएटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ । 
              



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ