arrow

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ मा देखिएको समस्या समाधानका लागि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
electricity-line.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ विद्युत् भुक्तानी विवाद मिलाउन सरोकार भएका निकायसँग छलफल गरेका छन् ।

निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ वापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुली काट्न सुरू गरेपछि भएको विवादलाई समाधान गर्न मन्त्री खड्काले बुधबार नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँग छलफल गरेकी हुन् ।

उनले भुक्तानी विवाद भोलिसम्म नित्कर्षमा पु¥याउन दुवै पक्षलाई आग्रह गर्ए। “विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढङ्गले टुङ्गोमा पुर्‍याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ । यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ”, मन्त्री खड्काले भने ।

छलफलमा मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव तथा उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ