arrow

बालेनको कार्यालय डुबानमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
rastriya-ghriha-flood.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको कार्यालय रहेको राष्ट्रिय सभा गृह डुबानमा परेको छ ।  बुधबार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुबानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ.एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो ।

केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोकिखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यस बेला मेयर साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन । काठमाडौं महानगरपालिकाका प्रमुृख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि गर्‍यो । तर काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो । 

हरेक वर्षा याममा घण्टाघर, रत्नपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदल मार्ग करोडौँ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएका कारण ठुलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ । त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लब तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनः निर्माणका गर्दै गर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुबानमा परेको हो । 

सभागृह डुबानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रसारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही बिहानैदेखि डुबानमै लाइन बसिरहेको देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ