arrow

महिला एसिया कप क्रिकेट शुरु, नेपाल र यूएई मैदानमा, टस जितेर नेपाल बलिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
asia-cup-women-nepal-uae-24.jpg

काठमाडौँ । आजदेखि महिला एसिया कप क्रिकेट शुरु भएको छ । श्रीलंकाको डाम्बुलामा एसियाका ८ देश सहभागी प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपालले यूएईसँग खेलिरहेको छ । 

नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । कप्तान इन्दू बर्माले मौसमका कारण बलिङ रोज्नु परेको बताइन् । हावा बढी चलेको भन्दै उनले बलिङ रोजेकी हुन् । यता यूएई कप्तानले भने आफूले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने भन्दै खुशी व्यक्त गरिन् । 

नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, मलेसिया र थाइल्याण्डसहित आठ राष्ट्र रहेका हुन् । एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुग्ने नेपालसहित यूएई, मलेसिया र थाइल्याण्डले एसिया कप खेल्न लागेका हुन् । 

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समुह ए मा रहेको हो भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

आज अर्को खेल भारत र पाकिस्तानबीच बेलुकी ७ः१५ बजेदेखि शुरु हुँदैछ ।

नेपालले दोस्रो खेल आइतबार पाकिस्तानविरुद्ध र तेस्रो खेल मंगलबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । 

पुरुष टीमले उत्कृष्ट प्रदर्शन गरिरहँदा महिला टिमलाई पनि क्षमता प्रदर्शन गर्ने राम्रो अवसर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ