arrow

एसिया कपमा यूएईलाई हराउन नेपाल ११६ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
asia-cup-women-nepal-24-7-1.jpg

काठमाडौँ । एसिया कप महिला क्रिकेट आजदेखि श्रीलंकाको दाम्बुलामा शुरु भएको छ । उद्घाटन खेलमा नेपालले यूएईसँग खेलिरहेको छ । 

विजयका लागि नेपालले ११६ रनको चुनौती पछ्याउँदैछ । खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले यूएईलाई ११५ रनमा रोक्यो । 

यूएईले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ११५ रन बनायो । खुशी शर्माले ३९ बलमा ३६ तथा कभिशा एगोडागेले २६ बलमा २२ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दू बर्माले १९ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १–१ विकेट लिए । 

पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवर भने विकेटविहीन भए । दुई खेलाडी रनआउट भएका थिए । 

आठ टिम सहभागी प्रतियोगिताको समूह ए मा नेपाल र यूएईसँगै भारत र पाकिस्तान रहेका छन् । 

अर्को समूहमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र थाइल्याण्ड रहेका छन् । शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ