arrow

महिला टी–२० विश्वकपमा १६ देश सहभागी हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
icc2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला टी–२० विश्वकपमना १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आईसीसीको बोर्ड बैठकले २०३० मा हुने टी–२० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।

अहिले महिला टी–२० विश्वकपमा १२ देशले भाग लिँदै आएका छन् । यसअघि २००९ मा पहिलो महिला टी–२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी–२० विश्वकपमा १२ देशले भाग लिने छन् ।

त्यस्तै आईसीसीले २०२६ को टी–२० विश्वकप छनोटको कट–अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ