arrow

हामी विरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदै छन् - माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
madhav-nepal-04-10.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आएको बताए । 

उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताए । उनले षड्यन्त्रका विरुद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने पनि बताए । 

उनले भने, ‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हासिल गर्नुपर्छ । त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ । यसर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ