arrow

वीर अस्पतालको वार्षिकोत्सव

वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ- स्वास्थ्यमन्त्री [भिडियो]

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
pradeep-poudel-04-12.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिबार वीर अस्पतालको १३५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीर अस्पताल भित्रका सबै इकाईहरूको समन्वय हुन आवश्यक रहेको पनि बताए । उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्न सके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताए । 

उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू पारदर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए । उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए । सेवाग्राहीहरूले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए । 

उनले भने, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने जनगुनासो छ । सेवाग्राहीहरूले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ । ती कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ती गुनासाहरूलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ । हामी ती गुनासाका कारणले आवेगमा आएर गरिरहेका छौँ के को प्रश्न ? भन्ने स्थिति छैन । हामीले अझ बढी कसरी गर्न सक्छौँ, हामी त्यसको निम्ति प्रयत्नशील रहनुपर्छ । हामी यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकहरू १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु । त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको सङ्ख्या सानो होइन । त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिन सक्छौँ । त्यसैले वीर अस्पताल भित्रका सबै इकाईहरूको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ । त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ । हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ । व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिन सक्छौँ । कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ । खरिद प्रक्रिया पारदर्शी छैन, त्यसलाई छैन भने पारदर्शी बनाऔँ । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ ।’ 

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अति विशिष्ट सेवाहरूमा धेरे केन्द्रित गरिरहेको बताए । उनले वीर अस्पताल अति नै विशिष्ट कृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए । उनले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भइ काम गरिरहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ