arrow

पहिलो टी–२० मा श्रीलंकाविरुद्ध भारत ४३ रनले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
rishav-pant-against-srilank.jpg

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी–२० क्रिकेट श्रृंखलामा विजयी शुरुआत गरेको छ । गएराति सम्पन्न पहिलो खेलमा भारत ४३ ले विजयी हुँदै विजयी शुरुआत गरेको हो । 

श्रीलंकाको पाल्लेकेले मैदानमा भारतले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले ४८ बलमा सर्वाधिक ७९ रन बनाए । पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्ने क्रममा कुशल मेन्डिसले २७ बलमा ४५ रन बनाए । 

भारतीय बलर रियान परागले ८ बलमा ५ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंह र अक्सर पटेलले २–२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।  भारतका लागि कप्तान सूर्यकुमार यादवले २७ बलमा ५८ रन बनाएका थिए । भने ऋषव पन्तले ३३ बलमा ४९, यशस्वी जैसवालले २१ बलमा ४० तथा शुबमन गिलले १६ बलमा ३४ रन बनाएका थिए ।  

श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए । 

यो जितपछि भारतले तीन खेलको श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ । 

दोस्रो खेल आज बेलुकी सवा ७ बजे शुरु हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ