arrow

गुडिरहेको ट्रकमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
fire-final.jpeg

काठमाडौँ ।  गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो । 

आइतबार बिहान लमही नगरपालिका –९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको थियो  ।  आगलागीबाट ट्रकको इन्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

ट्रकमा आगो लागेको खबर पाउनासाथ लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ