शेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेट स्थगित, ५२ करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पहिलोपटक सर्किट ब्रेकर लागेर खुलेको बजार फेरि एक मिनेटमै बन्द भएको छ । थप १ प्रतिशत अर्थात् करिब २७ अंक बढेपछि बजारमा दोस्रोपटक सर्किट ब्रेकर लागेको हो ।
बजार खुलेको पहिलो एक घण्टामा ५ प्रतिशतसम्म बजार बढेमा दोस्रो सर्किट ब्रेकर लाग्ने व्यवस्था छ । ६ प्रतिशत बजार बढ्दा भने त्यो दिनका लागि सबै कारोबार बन्द हुन्छ ।
२ मिनेटको अवधिमा बजारमा ५२ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।