arrow

पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
pakrau-kaski-police.jpg

पोखरा । पोखरामा पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा-९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा -१६ लामाचौरका बसका सहचालक १६ वर्षीय प्रशान गुरुङ, लम्जुङ सुन्दरबजार-१ कुन्छा घर भई हाल पोखरा-५ जिरोकिमी बस्ने ट्याक्सी चालक-२८ बर्षीय सन्तोष बस्नेत र स्याङ्जा आँधीखोला-२ पोखराचौर घर भई हाल पोखरा-१७ घारीपाटन बस्ने ३५ बर्षीय टंकबहादुर क्षत्री छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार उनीहरुविरुद्ध अभद्रव्यवहारसम्बन्धी मुद्दा अघि बढाइनेछ ।

सार्वजनिक यातायात व्यवसायीको हड्तालको समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकमा पत्रकारद्वय सुरज थापा मगर र बिनाकुमारी थापामाथि आज दिउँसो हातपात भएको थियो ।

पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले कडा आपत्ति जनाएका थिए भने आक्रमणकारीलाई कार्वाही गर्न दवाव दिएका थिए ।

राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध सार्वजनिक यातायात व्यवसायीले आफ्ना सवारी थन्क्याएरै आन्दोलमा होमिएका हुन् । आन्दोलनका कारण गण्डकी प्रदेशभरि आज सार्वजनिक सवारी सञ्चालन ठप्प भए ।

जसका कारण सेवाग्राही सास्ती व्यहोर्न बाध्य भए । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने व्यवसायीको चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ