arrow

श्रीलंकाविरुद्धको श्रृंखला भारतको कब्जामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
t20-india-sl-24-7-28.jpg

काठमाडौँ । भारतले श्रीलंका विरुद्धको टी–२० क्रिकेट श्रृंखलामाथि कब्जा जमाएको छ । भारतले तीन खेलको श्रृंखलामा २–० को अग्रता लिइसकेको छ ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले गएराति क्यान्डीमा भएको खेलमा डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । 

श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । 

भारतका लागि यशस्वि जैसवालले १५ बलमा ३०, सूर्यकुमार यादवले १२ बलमा २६, हार्दिक पाण्डेयाले ९ बलमा अविजित रहँदै २२ तथा ऋषभ पन्तले २ बलमा अविजित रहँदै २ रन बनाए । 

यसअघि पहिले ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । कुशल परेराले ३४ बलमा ५३ तथा पथुम निसंकाले २४ बलमा ३२ रन बनाए ।

यो जितपछि भारतले ३ खेलको श्रृंखलामा २–० ले एक खेल अघि नै जितेको छ । अब तेस्रो खेल मंगलबार हुने तालिका छ । 

हाल श्रीलंका भ्रमणमा रहेको भारतले एक दिवसीय श्रृंखला पनि खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ