arrow

पत्रकार कुट्नु पर्ने भन्ने मन्त्री मनाङेलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
bharat-koirala-81-4-14.jpeg

पोखरा । पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाए । 

मनाङेले आइतबार भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएका थिए । गुन्डा पृष्ठभूमिबाट राजनीतिमा आएका उनको पुरोना बानी भने अझै नगएको पत्रकारहरुले बुझेका छन् । 

राइड शेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । 

सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

मन्त्रीजस्तो गरिमामय पदमा पुगेका जिम्मेवार व्यक्तिले नै पत्रकारलाई कुट्नु् पर्ने प्रतिक्रिया दिएपछि संसदीय पत्रकार मञ्चले मन्त्रीलाई नै कारबाहीको माग गरेको हो । 

यता ध्यानाकर्षण पत्र बुझ्दै कार्यबाहक मुख्यमन्त्री थापाले आफूले गएराति नै यस विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ