arrow

रथी सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी, शर्मा साउन २५ देखि अनिवार्य अवकाशमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
ashokraj-sigdel-rathi-81.jpg

काठमाडौँ । सरकारले रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कायममुकायम दिने निर्णय गरेको हो । 

हालका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएसँगै सिग्देललाई कायममुकायम तोकिएको हो । सिग्देलले साउन २५ देखि एक महिना कायममुकायमको भूमिका निभाएसँगै भदौ २५ देखि प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपालका राजदूतमा शंकर शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै अमेरिकी राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई पठाउने सिफारिस गरेको एक मन्त्रीले बताए ।

झण्डै डेढ दर्जन देशका राजदूत सिफारिस भएको जनाइएको छ । स्पेनका लागि नेपाली राजदूतमा सनील नेपाल पनि सिफारिसमा परेका छन् । यसअघि उनी पोर्चुगलका लागि राजदूत भएर एग्रिमो आएर पनि जान भने पाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ