arrow

अन्नबाली उत्पादनमा विषादीको प्रयोग नगरौँ - कृषिमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
romnath.jpg

काठमाडौँ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् । उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न आग्रह गरे । उनले विषादीको प्रयोग कम गरे रोगहरू घट्ने र सबैलाई फाइदा हुने बताए । उनले मन्त्रालयले गर्न सक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि बताए । 

उनले रैथाने बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाए । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्‍याउन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताए । 

उनले भने, ‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरू लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी सम्भव भएसम्म न्यूनीकरण गरौँ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तीव्रताका साथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ । रोग धेरै घट्छ । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्न सक्छु म त्यो गर्न तयार छु ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ