- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव मनाउने क्रम शुरु भएको छ । प्राधिकरणको वार्षिकोत्सव भदौ १ गते भए पनि अहिलेदेखि नै विविध कार्यक्रम भइरहेको हो ।
सो क्रममा साउन १५ गते खीर खाने दिनको अवसरमा अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत वृक्षरोपण गरिएको छ ।
देशैभर करिब एक लाख बिरुवा रोपी पर्यावरण संरक्षणमा सहयोग पुर्याउने लक्ष्य लिइएको काठमाडौँ ग्रिड महाशाखाका प्रशासकीय अधिकृत प्रमोद खड्काले जानकारी दिए ।
प्राधिकरणकै काठमाडौँ ग्रिड महाशाखाले मातहतका बानेश्वर, भक्तपुर, चपली, बालाजु, स्युचाटार, मातातीर्थ लगायतका सबस्टेशनमा रहेका खाली जग्गाहरुमा वृक्षरोपण गरेको खड्काले बताए ।