arrow

विद्युत प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
Nepal-Electricity-Authority-Building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । मन्त्रिस्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो । 

दुवैलाई यसअघि साउन १५ गते स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा ऊर्जा मन्त्रालयले सोही दिन नै दुवैलाई हटाएको थियो । 

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विवादमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमासमेत पुगेको छ । 

लेखा समितिमा पुगेरसमेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोर्याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ