arrow

कर्णालीमा कांग्रेस, चार मन्त्रीले लिए शपथ, मुख्यमन्त्रीले सोमबार लिँदै विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
surkhet-cabinet-81-4-20.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश अधिकारी (सल्यान) र बिजया बुढा (हुम्ला) ले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त भएका हुन् ।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्री तथा तीन मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाएको छ । 

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ