धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा माइक्रोमा सवार सात जना घाइते भएका छन् ।
गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । पहिरोमा परेको माइक्रो बसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।