काठमाडौँ । बुधबार नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु भयो ।
चार जना चिनियाँ नागरिक बोकेर काठमाडौँबाट रसुवा जाँदै गरेको हेलिकप्टर काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र शिवपुरी ७ मा रहेको जंगलको रुखमा ठोक्किएर दिउँसो दुर्घटना भएको हो ।
मृतकको शव जलेको अवस्थामा भेटिएको छ । मृत्यु हुने अन्य चार जनामा चिनियाँ नागरिक हुन् ।