arrow

आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटाको विद्युत प्राधिकरण अहिले १३ अर्ब ३१ करोड नाफामा – कुलमान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
kulman-ghising-81-4-25-(10).jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका छन् । 

प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरण अहिले १३ अर्ब ३१ करोड नाफामा रहेको सगर्व बताए । 

उनले भने, ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।’ 

उनले गत आर्थिक वर्ष २०८०–८१ मा प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको उनले बताए । 

‘आर्थिक वर्ष २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता ती दिन फर्केर हेर्नु परेको छैन’, घिसिङले भने ।
 
उनले २०७३–७४ मै प्राधिकरणले १ अर्ब ५० करोड नाफा कमाएदेखि निरन्तर नाफामा रहेको जिकिर गरे । 

kulman-ghising-81-4-25 (1).jpg
kulman-ghising-81-4-25 (2).jpg
kulman-ghising-81-4-25 (3).jpg
kulman-ghising-81-4-25 (4).jpg
kulman-ghising-81-4-25 (5).jpg
kulman-ghising-81-4-25 (6).jpg
kulman-ghising-81-4-25 (7).jpg
kulman-ghising-81-4-25 (8).jpg
kulman-ghising-81-4-25 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ