arrow

अन्तर्राष्ट्रिय युवा दिवस

नयाँ युवा नीति आवश्यक - राष्ट्रपति [भिडियो]

नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
ramchandra-poudel-04-28.jpg

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ युवा नीति आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता भएको बताए । 

उनले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा युवा संवृद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले गुणस्तरीय, समय सापेक्ष, रोजगारमूलक शिक्षाको सीमितता, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्ध बेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको सीमितता रहेको बताए । 

उनले यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जागृत गराउनुपर्ने बताए । उनले वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले परिस्थिति धेरै बदलिएको छ । संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता भइसकेको छ । परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा युवा संवृद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक छ । तर गुणस्तरीय, समय सापेक्ष, रोजगारमूलक शिक्षाको सीमितता, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्ध बेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको सीमितता रहेको यथार्थ हाम्रो सामु छ । यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य, मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना र वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका आवश्यकताको परिपूर्ति, समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।’ 


राष्ट्रपति पौडेलले युवालाई समाज रूपान्तरणको माध्यम बनाउन आग्रह गरे । उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ