arrow

जाग्दै दशरथ रंगशाला, एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज र पारो भिड्दै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
afc-church-boys-paro-(12).jpg

काठमाडौँ । एएफसी च्यालेन्ज लिग प्लेअफमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग खेल्दैछ । खेल मंगलबार साँझ ६ बजेदेखि  दशरथ रंगशालामा हुँदैछ । 

चर्च ब्वाइजमा नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य रहेका छन् । चर्च ब्वाइजले भुटानी प्रतिद्वन्द्वीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ । टिमले एक महिनादेखि तयारी गरेको छ । 

यद्यपि पारो झन् बलियो देखिएको छ । तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होन्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो बलियो छ । 

पटक पटक नेपालले विश्वकप छनोट खेल्दा दशरथ रंगशाला अयोग्य घोषित भएको थियो । अहिले भने यो खेल खेल्न लायक भएको छ । 

afc-church-boys-paro (1).jpg
afc-church-boys-paro (2).jpg
afc-church-boys-paro (3).jpg
afc-church-boys-paro (4).jpg
afc-church-boys-paro (5).jpg
afc-church-boys-paro (6).jpg
afc-church-boys-paro (7).jpg
afc-church-boys-paro (8).jpg
afc-church-boys-paro (9).jpg
afc-church-boys-paro (10).jpg
afc-church-boys-paro (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ