arrow

रंगशालाको हिले मैदान नेपाली टिमलाई फापेन, भुटानी पारो विजयी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
afc-football-nepal-bhutan-p.jpg

काठमाडौँ । एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार राति सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्यो । पारो एफसीको जितमा किङ्गा वाङ्चुक र विलियम ओपोकुले एक–एक गोल गरे ।

रंगशालाको हिले मैदानले नेपाली टिमलाई साथ नदिएको हो । तर खेलको ३८औँ मिनेटमा लाकेन लिम्बूले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए । 

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए ।

खेलको ६६औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।

afc-football-nepal-bhutan-paro (1).jpg
afc-football-nepal-bhutan-paro (2).jpg
afc-football-nepal-bhutan-paro (3).jpg
afc-football-nepal-bhutan-paro (4).jpg
afc-football-nepal-bhutan-paro (5).jpg
afc-football-nepal-bhutan-paro (6).jpg
afc-football-nepal-bhutan-paro (7).jpg
afc-football-nepal-bhutan-paro (8).jpg
afc-football-nepal-bhutan-paro (9).jpg
afc-football-nepal-bhutan-paro (10).jpg
afc-football-nepal-bhutan-paro (11).jpg
afc-football-nepal-bhutan-paro (12).jpg
afc-football-nepal-bhutan-paro (13).jpg
afc-football-nepal-bhutan-paro (14).jpg
afc-football-nepal-bhutan-paro (15).jpg
afc-football-nepal-bhutan-paro (16).jpg
afc-football-nepal-bhutan-paro (17).jpg
afc-football-nepal-bhutan-paro (18).jpg
afc-football-nepal-bhutan-paro (19).jpg
afc-football-nepal-bhutan-paro (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ