arrow

कोशीमा नामको किचलो बल्झिँदै, जसपा नेपालले बनायो संघर्ष समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
jasapa-upendra-81-4-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ । 

कोशी प्रदेश नामकरणको विरुद्धमा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरि आन्दोलनलाई निर्णायक तहमा पुर्याउन उक्त समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । 

जसपा नेपाल कार्यकारिणी समिति सदस्य एवं पूर्व शान्ति मन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको हो । 

आदिवासी जनजाति समुदायमा रुचाइएका र पहिचानवादी समुदायहरुबीच समन्वय गर्न सक्ने तथा आन्दोलनलाई परिणामसम्म पुर्याउन सक्ने क्षमता भएकाले चर्चित नेता चेम्जोंगलाई आन्दोलनको कमाण्डर तोकिएको अध्यक्ष यादवले बताए । 

संघर्ष समितिको सदस्यमा जसपा नेपाल प्रदेश नं। १ का अध्यक्ष  दिपक याख्या, विदेश इन्चार्ज डा। केके राई, संगठन विभाग सचिव लाक्पा शेर्पा, पहिचानवादी नेताहरु राजकुमार राई, जयराम यादव, सशी लिङदेन, कुन्ता राई र मच्छिन्द्र वेगा रहेका छन् । 

यही साउन २७ गते शुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो । यद्यपि केही सदस्यहरुको नाम थपेर बिहीबार समितिले पूर्णता पाएको छ । 

पूर्वी नेपालमा पहिचानका आधारित आन्दोलन समुदायगत र स्वस्फूत ढंगले हुँदैआए पनि पार्टीगत रुपमा कोशी प्रदेश नाम खारेजीको लागि कमाण्डर तोकेर संघर्ष समिति गठन भएको यो पहिलो पटक हो । 

कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नामाकारण हुनुपर्ने आवाज उठाउँदै भएका हरेक आन्दोलनको समर्थनमा जसपा नेपाल उभिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ