arrow

बंगलादेश आयोजक भएर महिला टी–२० विश्वकप यूएईमा गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
t20-womens-worldcup-2024.jpg

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट यूएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप अब यूएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।

अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी–२० विश्वकप यूएईको दुबई र शारजाहाँमा हुने भएको छ । आईसीसीले प्रतियोगिताको आयोजनास्थल मात्र बंगलादेशबाट यूएईमा सरेको भन्दै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी गरिएका कयौँ प्रतिबन्धका कारण प्रतियोगिता यूएई सारिएको आईसीसीले जनाएको छ ।

यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेश, अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ