arrow

टी–२० को एकै ओभरमा ३९ रनको कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
daris-vicher-t20-highest39-.jpg

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ । यो कीर्तिमान टी–२० विश्वकप छनोटमा सामोआ र भानुआटु बीचको खेलमा बनेको हो ।

सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी–२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । 

यो ओभरमा ३ नो बल पनि परेको थियो । योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ ।

यसअघिको कीर्तिमान ३६ रनको थियो । भारतका युवराज सिंह, वेस्ट इन्डिजका केरोन पोलार्ड र निकोलस पूरन र नेपालका दीपेन्द्र एरीले एक ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाउने उपलब्धि हासिल गरेका थिए । 

ब्याट्सम्यानका रुपमा ड्यारियस भिसरले एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान बराबरी गरेका छन् । तर ३ नो बलका कारण उनले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनेको छ ।

सामोआको राजधानी अपियामा भएको खेलमा सामोआले १० रनले विजयी भएको हो । भिसरले ६२ बलमा १४ छक्काको मद्धतले १३२ रन बनाएका थिए । उनले १ विकेटसमेत लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ