arrow
ADVERTISEMENT

बिदा हुने बेला ब्युँझदै

अनिवार्य अवकाशमा जान दश दिन बाँकी छँदा प्रहरीहरूले दिए कार्यान्वयन नगर्न अदालतमा रिट

सर्वोच्चले ऐन बनाएर मात्रै ३० वर्षे सेवा अवधि हटाउन आदेश दिएकाले कार्यान्वयन हुने सम्भावना कम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
police-head-Q.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भदौ १६ गतेदेखि  अनिवार्य अवकाशमा जान लागेका प्रहरी कर्मचारीले अदालतमा रिट दायर गरेका छन् । अवकाशको मुखमा पुगेका २१ प्रहरी अधिकृतले सर्वोच्च अदालतमा अनिवार्य अवकाश कार्यान्वयन नगर्न भन्दै रिट दायर गरेका हुन् । 

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै उनीहरूले रिट दायर गरे पनि सर्वोच्च अदालतले ऐन बनाएर मात्रै हटाउन आदेश दिएकाले कार्यान्वयन हुने कम संभावना रहेको छ ।

२०५१ सालमा नेपाल प्रहरीको असईबाट सेवा प्रवेश गरेका ९० जना सिनियर प्रहरी अधिकृतले भदौ १६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।  त्यसमा डीआईजीदेखि प्रहरी निरीक्षकसम्मका छन् ।

रिट दायर गर्नेमा एसएसपीहरु दिनेश मैनाली, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, बेलबहादुर पान्डे, रवीन्द्र रेग्मीलगायत छन् ।

रिटमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश दिने व्यवस्था लागू नगर्न र आफूहरूलाई सेवाबाट अनिवार्य अवकाश हुने भनी दिइएका पत्रहरू रिटको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन पनि अन्तरिम आदेशको माग गरिएको छ ।

यसअघि सरकारले नेपाल प्रहरीमा सेवा अवधि र निवृत्तिभरणको अवधिबारे पुनरावलोकन गर्न समिति गठन गरेको थियो । 

समितिले प्रतिवेदन पनि बुझाइसकेको छ । ५ जना एसएसपी, ६ एसपी, ६ डीएसपी र ४ जना प्रहरी निरीक्षकले संयुक्तरूपमा रिट दायर गरेका हुन् । 

नेपाल प्रहरीमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ । ३० वर्षे सेवा अधविका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गरी  एक सय चार जनाले अवकाश पाउदैछन् ।

यसरी अवकाश हुने डीआईजी विष्णु केसी, एसएसपीमा ट्राफिक प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठदेखि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीसम्म छन् ।  

यस्तै एसएसपीहरू रेवती ढकाल, किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मीले पनि भदौ १६ मै अवकाश पाउनेछन् । 

जीवन, किसन र रेवतीले २०५४ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका थिए । त्यसअघि नै दिल्लीराज बिष्ट प्रहरी निरीक्षक बनेका थिए । यस्तै बाँकी एससएसपीहरू २०५६ असारमा प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए ।

पहिल्यै असई भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका ११ जना पनि भदौ १६ गते अवकाश हुने भएका छन् ।  

यसरी अवकाश हुने एसपीहरूमा कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ र नवीनकिशोर प्रधान छन् ।
 
भदौ १६ मै अवकाश हुने ३१ जना डीएसपीहरू छन् । यीमध्ये केही २०६२–६३ मा प्रहरी निरीक्षकमा नाम निकालेका र केही बढुवा हुँदै डीएसपी बनेका थिए । तर उनीहरू पनि एकसाथ अवकाश हुने भएका हुन् ।  

डीएसपी श्रीराम भण्डारी लगायत र असइबाट बढुवा हुँदै आइपुगेका भरतकुमार शाह लगायत एकसाथ अवकाश हुन लागेका हुन् ।  

डीएसपीबाट अवकाश हुनेमा रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम छन् ।
 
यस्तै नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि अवकाश हुँदैछन् । 

प्रहरी सहायक निरीक्षकमा भर्ना भएर बढुवा हुँदै हाल प्रहरी निरीक्षक रहेका ३५ जना पनि एकसाथ बिदा हुन लागेका छन् । 

अवकाश हुनेमा योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णु ढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही र मानप्रसाद श्रेष्ठ  छन् ।

यस्तै किसनचन्द ठकुरी, अवधकिशोर ओझा, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाईं, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे र कमल आचार्यले पनि अवकाश पाउने भएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ