arrow

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुसन्धान

थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
solu-thame-flood-81-4-32.jpg

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । 

हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको बताए । तल्लो तालको मुख कमजोर भएको हुनाले फुटेर सो घटना हुन गएको पुष्टि भएको पाइएको उनको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले अनुसन्धानको क्रममा पछिल्लो असार र साउनमा सो भेगमा तापक्रम वृद्धि भएको पनि देखिएको बताए । 

उनले भने, ‘यो तापक्रम वृद्धिकै कारण यस्तो भएको हो । यसमा दुई मत छैन । ठ्याक्कै कति भयो, विगतमा कति थियो ? यो बाँकी रहेको समयमा पनि हामीले नापेर हेर्छौ । अन्य ठाउँमा पनि नापेको हिसाबबाट विस्तृत अध्ययनबाट त्यो थाहा पाउँछौँ । म आफैँ पनि गएको थिए । पातलो जाकेट लगाएर जाँदा पनि त्यत्रो हाइटमा एकदम गर्मी भइराखेको थियो । थामे बजारमा म आफैँले पनि गरेको अन्तरक्रियामा उहाँहरूले के भन्नु भयो भने ३, ४ दिन अघि देखि नै अलिकति अनिष्टको सकेट कालो, निलो खालको बादलहरू मडारिइरहेको कुराहरू गर्नुभयो। त्यो हुनासाथ उहाँहरू बौद्ध धर्म परम्पराअनुसार उहाँहरूले गएर पूजाआजा गर्ने, एउटा टोलीलाई त्यो तालसम्म गएर ध्यान गर्ने कुराहरू गर्नुभएको थियो । त्यो दिन बिहान पानी परेको थिएन । तर त्यो दिन झन् कालो बादलहरू थियो । त्यसअघि त्यस्तो खालको कालो बादल उहाँहरूले नदेखेको कुरा हामीलाई राख्नु भयो । हपहप गर्मी र अनवरत रूपमा पानी परिरहेको थियो । सामान्य यता अहिले पानी पर्दाको तापक्रम र छेउछाउको तापक्रम बराबर नै हुन्छ । त्यो पानी र तापक्रम दुवैको कारणले गर्दा त्यहाँ भएको जुन मोरेन हुन्छ । त्यो पहिलो लेकमा फुट्न थाल्यो । त्यो फुटेको कुरा स्पष्ट देखिन्छ । हामीहरू दुई राउन्ड हेलिकप्टरबाट फुटेजहरू लिएका थियौँ । त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो । जुलाई र अगस्टमा तापक्रम बढी भएको हामीले पायौँ । असार साउनमा तापक्रम बढी हुन लागेपछि यो फुट्न गएको हो भन्ने पुष्ट्याँई त्यसले पनि ग¥यो । हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत आईससहित तल्लो तालमा गएर बजारियो । र तल्लो तालको मुख कमजोर भएको यो हुन गएको हो । यसमा तापक्रम वृद्धि नै यसको मुख्य कारण हो । ’

प्राधिकरणका अनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको स्थानीयहरूले बताएका थिए । थामेमा गत साउन ३२ गते शुक्रवार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ