arrow

भारत भ्रमण सफल र फलदायी- परराष्ट्रमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
arju-rana-deubas.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले भारत भ्रमण सफल र फलदायी भएको बताएकी छन् । बिहीबार परराष्ट्र मन्त्री राणा भारतको पाँच दिने औपचारिक भ्रमण सकेर अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आइपुगेकी हुन् । 

सो अवसरमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले भारतमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको बताउनु भयो । प्रधानमन्त्री मोदीसँगको भेटवार्ता उपलब्धिमूलक रहेको दाबी गरिन् । उनले पाँच दिने भारत भ्रमणले नेपाल र भारतबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेख्य भूमिका निभाउने विश्वास व्यक्त गरिन् । 

उनले भ्रमणले दुई मुलुकबीचको मैत्रीपूर्ण सहयोगात्मक बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याएको दाबी गरिन् । उनले भ्रमणले आगामी दिनमा उच्च तहमा सम्पर्क बिस्तार गर्न तथा दुई पक्ष संयन्त्रहरू र आपसी हितका लागि सहयोग सहकार्य प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनु भयो । 

उनले भ्रमणका क्रममा भारत सरकारले नेपाललाई उच्च सम्मान गर्ने गरेको आभास भएको बताउनु भयो । उनले भारतका प्रधानमन्त्री मोदीसँगको वार्तामा व्यापार,पारवहन,ऊर्जा,प्रविधि,लगानी,हवाई मार्ग,बाढी तथा डुबान समस्या,पञ्चेश्वर बहुउद्देश्य आयोजना,खेलकुद र सीमा पूर्वाधारका विषयमा कार्यान्वयन गर्दै लैजाने समझदारी भएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ