arrow

नेपाल समूह विजेता बन्दै साफ यू–२० को सेमिफाइनलमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
saff-u20-nepal-24-8-22-(15).jpg

काठमाडौँ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनशिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।

यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

अब शुक्रबार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच हुँदैछ । सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ ।

समूह बी बाट भारत र भुटानले एक एक खेल जितेका छन् भने माल्दिभ्सले एक खेलमा हार बेहोरेको छ ।

सेमिफाइनलमा नेपालले समूह बी को उपविजेतासँग खेल्नेछ । 
 

saff-u20-nepal-24-8-22 (1).jpg
saff-u20-nepal-24-8-22 (2).jpg
saff-u20-nepal-24-8-22 (3).jpg
saff-u20-nepal-24-8-22 (4).jpg
saff-u20-nepal-24-8-22 (5).jpg
saff-u20-nepal-24-8-22 (6).jpg
saff-u20-nepal-24-8-22 (7).jpg
saff-u20-nepal-24-8-22 (8).jpg
saff-u20-nepal-24-8-22 (9).jpg
saff-u20-nepal-24-8-22 (10).jpg
saff-u20-nepal-24-8-22 (11).jpg
saff-u20-nepal-24-8-22 (12).jpg
saff-u20-nepal-24-8-22 (13).jpg
saff-u20-nepal-24-8-22 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ