arrow

सांसद शर्माको केएमसीको टोली कर्मचारी संचय कोषमा, ३०४ को उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ८ शनिबार
kmc-81-5-7 (12).jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कर्मचारी संचय कोषमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

कर्मचारी संचय कोषको आयोजनामा कोषको प्राङ्गणमा भएको शिविरमा ३०४ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ६८ जनाको भिडियो एक्सरे, ९२ जनाको ईसीजी, १३२ जनाको ल्याब परीक्षण र ४८ जनाको इको गरिएको थियो । 

२० जनाको दाँत निकालिएको थियो । ३० जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

उक्त परीक्षण कार्यक्रममा सहभागी भएका डा. शर्माले स्वास्थ्य शिविरको उद्घाटन गर्नुका साथै मन्तव्यसमेत दिएका थिए । 

उनले शल्यक्रियाका लागि रेफर गरिएका सबैको निःशुल्क शल्यक्रिया गरिने पनि बताए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-81-5-7 (1).jpg
kmc-81-5-7 (2).jpg
kmc-81-5-7 (3).jpg
kmc-81-5-7 (4).jpg
kmc-81-5-7 (5).jpg
kmc-81-5-7 (6).jpg
kmc-81-5-7 (7).jpg
kmc-81-5-7 (8).jpg
kmc-81-5-7 (9).jpg
kmc-81-5-7 (10).jpg
kmc-81-5-7 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ